बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाईनबाटै हवाई टिकट लिन सक्ने

सोमबार, ०४ कात्तिक २०७६, १६ : २०
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस्बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल (कनेक्ट आईपीएस) र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन् । 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस्को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप