पौवा होटेलले गुल्मीको रेसुङ्गामा रिसोर्ट खोल्ने

गुल्मी– पौवा होटेल प्रालिले गुल्मीको रेसुङ्गामा रिसोर्ट खोल्ने भएको छ ।
गुल्मी स्थित ताम्घासमा पर्ने पर्यटकीय स्थल रेसुङ्गामा करिव १० करोडको लागतमा अन्तराष्ट्रिय स्तरको रिसोर्ट सञ्चालनको लागि पौवा होटललाई रेसुङ्गा नगरपालिकाले अनुमति प्रदान गरेको हो ।
यही २०७६ कात्तिकबाट निर्माण सुरु गरी २०७७ असोजबाट संचालन गर्ने गरी रेसुङ्गा नगरपालिका र पौवा होटलबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसाल र पौवा होटलका प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । पौवा होटेलले २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न पाउने सम्झौतामा उल्लेख छ ।
सम्झौता अनुसार नेपाल भ्रमण वर्ष २०२० भित्रै रिसोर्ट सम्पन्न गरी संचालनमा आउने र यसले पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।
पौवाले नगरपालिकाकै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा तीन तलाको भवन बनाउने सहमति पनि गरेको छ । रेसुङ्गा पोखरी क्षेत्र नजिकै ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको छ ।
पौवाले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, त्यसपछिका पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको १० वर्षको लागि एक लाखका दरले भाडा बुझाउने सम्झौतमा उल्लेख छ ।
सम्झौतासँगै आफ्नो जन्मथलो गुल्मीको पर्यटन विकासमा केही गर्ने अवसर मिलेकोमा निकै खुसी लागेको पौवा होटल प्रालिका प्रवन्ध निर्देशक ज्ञवालीले बताए ।
रेसुङ्गा धार्मिक र सांस्कृतिक रुपले पनि निकै महत्वपूर्ण मानिन्छ । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिकस्थलहरु रेसुङ्गाको संरक्षित वनक्षेत्र भित्र पर्दछन् ।
सदरमुकाम ताम्घासबाट करिब ३० मिनेट गाडिको यात्राबाट पुग्न सकिने रेसुङ्गा संरक्षित वनको उच्च स्थानबाट मनास्लु र धवलागिरी हिमश्रृंखलालगायत अन्य नौ जिल्लाको दृश्यावलोकगन गर्न सकिने भ्यू टावर पनि निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
-
अमेरिकाले बाइडेनको नीति त्याग्दा खुसी छ रुस, साउदी अरबमा भएको वार्तामा के भयो ?
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना