मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्दै ओलीले भने–थानकोट–चित्लाङ सुरुङमार्ग पनि बन्छ

सोमबार, ०४ कात्तिक २०७६, १६ : ०८
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोट–चित्लाङ सुरुङमार्ग पनि छिट्टै शिलान्यास गरिने बताएका छन् । 

 राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका  हुन् । उनले थानकोट -चित्लाङ सुरुङमार्ग बनेपछि ५ मिनेटमै आवजावत गर्न सकिने धारणा राखे । त्यसका लागि सर्भेको काम सुरु भैसकेको उनले जानकारी दिए ।

उनले आफ्नो सरकारले विकास र समृद्धि चाहेको भन्दै त्यसअनुसार कार्य भइरहेको पनि बताए ।

आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामको बेलिबिस्तार लगाउन लामो समय खर्चिएका प्रधानमन्त्रीले सुखी नेपाली समृद्ध नेपाल बनाइछाड्ने उद्घोष गरे । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप