एकसय ९१ तोला चाँदीसहित एकजना पक्राउ
सोमबार, ०४ कात्तिक २०७६, १५ : ३५
हेटौंडा– प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान