मनै लोभ्याउने मनाङ, ३० तस्बिरमा हेरौं

मनाङ– नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तपाईं मनाङ पुगेपछि लाग्छ मनाङ हिमालभित्रको जिल्ला हो । गण्डकी प्रदेशको यो एउटा प्राकृतिक सौन्र्दयले भरिएको जिल्ला हो । लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार (जसलाई माथिल्लो मनाङ) समेत भनिन्छ ।
त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ । मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् ।
असोजदेखि मंसिरसम्म मनाङमा बाह्रय तथा आन्तरिक पर्यटकको भीड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि जिल्ला मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र बहादुर घले बताउँछन् । पछिल्लो समय मनाङमा सडक बिस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएको भन्दै सर्वसाधारणको गुनासो बढेको भएपनि पदमार्ग संरक्षणमा स्थानीय सरकार लागिरहेको घलेको भनाई छ ।
तथ्याँकअनुसार अहिले समयमा एक दिनमा ३ सय ५ जनाभन्दा धेरै विदेशी पर्यटक मनाङ भित्रएका छन् । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशी मात्रै नभएर स्वदेशी पर्यटकको समेत संख्या उल्लेखनीय रहेको छ ।
२०६९ सालमा जिल्लाको सदरमुकाम चामेमा सडक पुगेपछि मनाङमा विकासको गति तिव्र भएको छ । शिक्षा, स्वास्थ्य, विद्युतका काम चलिरहेका छन् । एकमात्र जिल्ला अस्पताललाई विस्तार गर्ने कामको समेत थालनी भएको छ ।
मनाङका हरेक स्थान सुन्दर छन् । यो वा त्यो ठाउँ भन्नु पर्ने नै छैन् । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा, चामेको तातोपानी, ताचैंको होमस्टेलगायतका स्थान मनाङ पुग्ने पर्यटकले छुटाउन नहुने स्थान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो’
-
नेपाल शिक्षक महासंघद्वारा भोलिदेखि शैक्षिक हडतालकाे घोषणा
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका