चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सान्टियागो– चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ ।
राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ । मेट्रोको भाडा वृद्धिको विरोधबाट शुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कष्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ ।
प्रहरीले हालसम्म लुटपाट र अरु गम्भीर अपराधको आरोपमा ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन शुरु गरेका थिए । तर यो प्रदर्शनले पछिल्ला दिनमा उग्ररुप लिएको छ, र प्रदर्शन देशव्यापी हुन थालेको छ ।
राजधानी सान्टीयागोमा कम्तीमा पाँच वटा भूमिगत स्टेशन र बसहरुमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन् । धेरैवटा समूहले सोमबारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका छन् ।
राष्ट्रपति पिनेराले शनिबार सवारी साधनको भाडा वृद्धि फिर्ता लिने घोषणा गरेपनि प्रदर्शनहरु रोकिएका छैनन् । सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्वहाली भएपश्चात् सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो । –एएनआई/ Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन