नक्कली नोट बनाउने गिरोह मेसिनसहित बौद्धबाट पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने मेसिनसहित एक गिरोहलाई पक्राउ गरेको छ ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरु गरेको अप्रेशन ‘क्लिन बौद्ध’ अभियान अन्तर्गत सो गिरोह नक्कली नोट र छपाइ मेसिनसहित पक्राउ परेको जनाइएको छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती विपुल चोकमा रहेको एउटा घरको ‘फ्ल्याट’ भाडा लिएर नक्कली नोट छपाइको काम गर्दै आएको गिरोहलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा तीन जना छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए ।
छापाका क्रममा नोट बनाउने सामग्री बरामद भएको उनले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले नक्कली नोट छाप्ने मेसिनसमेत फेला परेका कारण उक्त गिरोहलाई चानचुने मान्न नसकिने रातोपाटीलाई बताए । यद्यपि उनीहरुको कोठाबाट करिब ३५ हजार नक्कली नोटमात्र बरामद भएको छ ।
नक्कली नोट थोरै परिमाणमा बरामद भए पनि उनीहरुले छाप्नका लागि तयारी अवस्थामा राखेका कागज र मेसिन हेर्दा ठूलै गिरोह रहेको अनुमान गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो
-
ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार