स्वास्थ्य सचिव डा.चौधरीद्वारा राजीनामा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिएकी छिन् ।
स्वास्थ्य मन्त्रालायका अनुसार चौधरीको राजीनामा स्वीकृत भने हुन बाँकी रहेकाे छ ।
विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा.चौधरीले राजीनामा दिएको बताइएको छ ।
डा. चौधरी गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् । चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा आनाकानी भएकाे बताइएकाे छ ।डा. चौधरी अदालत गएर सरकारको निर्णय उल्टिएपछि नै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहेका थिए ।
विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा संगठनको पि फाइब लेभलमा जागिर खान जानकै लागि उनले सर्वोच्चको मुद्दा पनि फिर्ता लिइएको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता