शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

सोमबार, ०४ कात्तिक २०७६, ११ : ३३
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ । कात्तिक ३ गते आइतबार भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले विरोध प्रदर्शन गर्दै तोडफोड गरेको विषयमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको पिनासको समस्या भएपछि असोज २७ गते नाकको शल्यक्रिया गरिएको थियो । आशाको शनिबार दिउँसो मृत्यु भएपछि आफन्तहरुले उपचारमा समस्या भएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए । 


संघका महासचिव डा. लोचन कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा ‘उपचारको क्रमको भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता साथ  हातपात गर्ने, अस्पताल तोडफोड गर्ने तथा अत्यन्तै गतिविधिहरु गरी शान्तिपूर्ण वातावरणमा उपचार गर्ने गराउने वातावरणलाई नै खलल पु¥याइएको प्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’  

स्वास्थ्य क्षेत्रमा घट्ने विभिन्न घटनाले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै संघले यसबाट उत्पन्न हुने परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन नसक्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

साथै संघले चितवनका स्वास्थ्यकर्मीहरुलाई यस्ता क्रियाकलापको सशक्त विरोध गर्न र नेपाल चिकित्सक संघ चितवन शाखाले गर्ने कुनै पनि विरोधका कार्यक्रमलाई सशक्त बनाउन समेत आग्रह गरेको छ ।

आन्दोलन गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाही गर्न पनि संघले माग गरेको छ । साथै कारवाही नभएको खण्डमा स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ति देशभर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेसमेत विज्ञप्ती उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप