शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको सैनामैनाबाट १० लाख युरोसहित ५ जना पक्राउ

सोमबार, ०४ कात्तिक २०७६, ११ : १०
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् ।  सो युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ । 

उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत बरामद भएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिए । 

बरामद रकम राष्ट्र बैंक पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप