शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गस्तीमा रहेका सुरक्षाकर्मीलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते

सोमबार, ०४ कात्तिक २०७६, ११ : ०१
सोमबार, ०४ कात्तिक २०७६

नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका ७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा दुई सशस्त्र प्रहरी र मोटरसाइकल चालक छन् । प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका हुन् ।

घाइते मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ । गएराति १२ बजे गस्तीमा खटिएका सुरक्षाकर्मीलाई ठक्कर दिएर ग७प ५२९९ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप