युद्धकालिन मुद्दा टुङ्ग्याउनेबारे छलफल गर्न सत्तारुढ दल र प्रतिपक्ष बालुवाटारमा
सोमबार, ०४ कात्तिक २०७६, १० : ५०
काठमाडौँ । युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष पुर्याउनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवासमा जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख सुवास नेम्वाङ सहभागी रहेका छन् ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे देखिएको विवादबारे छलफल हुने बताइएको छ ।
आइतबार पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच युद्धकालिन मुद्दालाई कसरी निश्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी