बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुकाकु र लौटारोको दुई गोल

सोमबार, ०४ कात्तिक २०७६, ०९ : ४८
सोमबार, ०४ कात्तिक २०७६

रोमेलु लुकाकु र लौटारो मार्टिनेजको दुई दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरि ‘ए’ फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ । 

आइतबार राति भएको खेलमा इन्टरले ससौलोलाई उसैको मैदानमा ४–३ गोलले हरायो । इन्टरको जितमा लुकाकुले ३८औं र ४५औं तथा लौटारोले खेल सुरु भएको दोस्रो र ७१औं मिनेटमा गोल गरेका थिए । 

ससौलोका लागि डोमेनिको बेरार्डीले १६औं, फिलिप ज्युरिसिक ७४औं र जेरेमी बोगले ८१औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले आठ खेलबाट २१ अंक बनाएको छ । ६ अंक बनाएको ससौलो १६औं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको २२ अंक छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप