बराबरीमा रोकियो लिभरपुल
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै हार टारेको थियो । युनाइटेडका मार्कस रासफोर्डले ३६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दिलाए । मार्कसले डानियल जेम्सको पासमा गोल गरेका थिए । पहिलो हाफमै लिभरपुलका साडियो मानेले फर्काएको बराबरी गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को आधारमा मान्यता दिईएन ।
लिभरपुलले ८५ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका एडम लाल्लानाले बराबरी गोल फर्काए । एडमले एन्डी रोबर्टसनको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे । यस बराबरीसँगै लिभरपुलले नौ खेलबाट २५ अंक बनाएको छ । समान खेलबाट १० अंक बनाएको युनाइटेड १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार