काश्मिरी सीमा क्षेत्रमा नौ भारतीय सैनिक मारिएको पाकिस्तानी सेनाको दावी

इश्लामावाद-भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ ।
उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बङ्कर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ ।
यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल असिफ गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएको जानकारी अनुसार उक्त घटनामा एक पाकिस्तानी सैनिक र तीन सर्वसाधारणको मृत्यु भएको छ भने दुई सैनिक र पाँच सर्वसाधारण घाइते भएका छन् । पाकिस्तानी अधिकारीले उक्त क्षेत्रमा दोहोरो भिडन्त भएको बताएका छन् ।
उनले भने, “भारतीय पक्षले जुरा, शाहकोट र नौसेरी क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरेर युद्धविराम उल्लङ्घन गरे । यसको सशक्त प्रतिरोध गर्ने क्रममा नौ भारतीय सैनिक मारिएका छन् भने कैयौँ घाइते भएका छन् । उक्त घटनामा भारतीय सेनाको सुरक्षार्थ बनाइएका दुई ‘बङ्कर’लाई नस्ट गरिएको छ ।”
घटनाबार जानकारी दिँदै उनले थपे, “दोहोरो भिडन्तमा पाकिस्तानतर्फका एक सैनिक र तीन सर्वसाधारणले शाहदत प्राप्त गरेका छन् । घटनामा दुई सैनिक र पाँच पाकिस्तानी घाइते भएका छन् ।”
आइतबार पाकिस्तानी पक्षले तोप आक्रमणमार्फत् ताङ्धार क्षेत्रमा हमला गरेपछि दोहोरो भिडन्त भएको भारतीय पक्षको दावी रहेको छ । भारतीय सैनिकको दावी अनुसार भारतले पाकिस्तानविरूद्ध गरेको प्रत्याक्रमणमा चार÷पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको थियो । एएनआई/Photo:BBC/Hindi
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित