बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्रीको प्रशन्नता

आइतबार, ०३ कात्तिक २०७६, २१ : १९
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताएका छन् ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आज गर्नुभएको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गरेका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह उपनिर्वाचनका विविध विषयमा आयोगका तर्फबाट प्रधानमन्त्रीसँग छलफल गरिको हो । 

छलफलमा आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल सहभागी थिए । आयोगले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, निर्वाचन चिन्ह, मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालनका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको थियो । 

यस्तै संविधानको धारा २७१ बमोजिम दल दर्ता, उपनिर्वाचनका लागि आवश्यक ऐन, नियम कार्यविधि, निर्देशिकालगायतका सम्पूर्ण विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको आयोगले जनाएको छ । प्रधानमन्त्रीले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आयोगबाट भइरहेको तयारी सन्तोषजनक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप