शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंका र भारत  उपाधिनजिक

आइतबार, ०३ कात्तिक २०७६, २० : १७
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं – श्रीलंका र भारत प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपमा आइतबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल नेटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकाले घरेलु टोली नेपाललाई ५२–१५ ले पराजित ग¥यो । श्रीलंकाकी ‘वुमन अफ द म्याच’ रम्दुला गाभिजियाले सर्वाधिक २० स्कोर गरिन् ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको दोश्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४६–२५ ले हरायो । माल्दिभ्सकी मिस्का हुसेन ‘वुमन अफ द म्याच’ भइन् । फाइनल मंगलबार हुने छ । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा श्रीलंका पहिलो, भारत दोश्रो, माल्दिभ्स तेश्रो तथा नेपाल चौथो हुँदै सेमिफाइनलमा पुगेका गरेका थिए । 

यसअघि भएका समूह चरणको खेलमा श्रीलंकाले नेपाललाई ५३–१६ ले पन्छायो । श्रीलंकाकी हिरोनीले २६ अंक जोडिन् । श्रीलंकाकै नतासा ‘वुमन अफ द म्याच’ बनिन् । माल्दिभ्सले पाकिस्तानलाई ३६–१० ले पाखा लगाएको थियो । ‘वुमन अफ द म्याच’ आइसाब नुमीले १८ अंक जोडिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप