मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच खेलाडी आइओएफटीसीका लागि छनोट

आइतबार, ०३ कात्तिक २०७६, १९ : ४९
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता (आईओएफटीस) का लागि छनोट भएका छन् ।

चितवनको रत्ननगरमा सम्पन्नप्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ गरी ५ खेलाडी छनोट भएका हुन् । त्यसमा पुरुष ३ र महिला २ छन् ।

पुरुषमा सीतापाइलाका सैलेशराज गिरी, कोटेश्वरका रन्जित साउद र मैत्रीका दिनेश सुनार छनोट भए । महिलामा आयशा तामाङ तथा सुस्मिता मोक्तान छन् । दुवै सीतापाइलाका हुन् । छनोटसंगै पाँचै खेलाडीले समान १–१ लाख नगद पुरस्कार पनि पाए ।

आइओएफटीसी र मैत्री तेक्वान्दो डोजाङको सहयोगमा चितवनको रत्ननगरमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका विवेक केसी तथा महिलामा सरित सौरहाकी स्नेहा परियार उत्कृष्ट खेलाडी घोषित भए ।

पुम्सेमा भ्याली डिभिजनकी रोशनी श्रेष्ठ उत्कृष्ट खेलाडी बनिन् । गोविन्द सापकोटा उत्कृष्ट निर्णायक तथा भैरहवाका कोसिश खड्का अनुशासित प्रशिक्षक चुनिए । इच्छा मनकामनाले उत्कृष्ट सहभागिताको पुरस्कार पायो । सबै ६ विधाका उत्कृष्टले समान २५–२५ हजार रुपैयाँ पुरस्कार पाए  । 

विजेतालाई रत्ननगर नगरपालिकाकी उप मेयर विमला दवाडी, आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, लव गोर्खाली, आयोजक रत्ननगर तेक्वान्दो डोजाङका अध्यक्ष एवं प्रतियोगिता संयोजक पुष्पराज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप