बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टेलिजेन्स सेवा नेपालमा पनि

आइतबार, ०३ कात्तिक २०७६, १९ : ०२
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ । 

नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबिच घोषणा गरिएको हो । 

कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टेलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिङ्ग प्रणालीमा रिस्क मेनेजमेन्ट, ह्याकिङ्ग लगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ । 

कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्छ । 

सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए ।

उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टेलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ्ग क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ ।’

पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि यो सेवा बिस्तार गर्ने पौडेलले बताए ।

सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनाइसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ । सिथोसको एआई सेवा लिने तथा दिने दुबैलाइ प्रविधिको प्रयोग मार्फत सहज, सरल र प्रभावकारी क्रियाकलापका लागि मद्दत गर्छ । 

यसले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धीत व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ । सिथोसले कर्मचारीको उत्पादकत्व वढाउनुका साथै संस्थागत खर्चमा कमी ल्याइ सेवा प्रदान गर्न मुख्य भुमीका निर्वाह गर्ने सिथोस नेपालका विज्ञ के एन मिश्राको भनाई छ । 

भारतमा पनि सिथोसले विकास गरेको एआइलाई बैंकिङ्ग, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत क्षेत्रले प्रयोग गरीरहेको छन भने अमेरिकामा यसको प्रयोग अझै वढी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप