बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोलाको साथ आफ्नो भावना यसरी व्यक्त गर्नुहोस्

आइतबार, ०३ कात्तिक २०७६, १८ : २२
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– ‘मन खोलौं कोकसँग’ दशैं तिहार अभियानको चौंथो संस्करणको ग्राउण्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी रहेको छ । 

एक्टिभेसनको क्रममा कोक प्रेमिहरुले ५०० एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरुसँग आफ्नो भावनाहरु व्यक्त गरेको हामीले अवलोकन गर्ने अवसर पायौं ।

अन्य थप एक्टिभेसनका स्थान र मितिहरु यस प्रकार रहेका छन्– २१ अक्टुबर भाटभटिनी सुपरमार्केट बौद्ध, २२ अक्टुबर भाटभटिनी सुपरमार्केट अनामनगर, २३ अक्टुबर भाटभटिनी सुपरमार्केट बालाजु, २४ अक्टुबर भाटभटिनी सुपरमार्केट कोटेश्वर र २५ अक्टुबरमा सेल्सबेरी चक्रपथ रहेको छ ।

एक्टिभेसनमा अझ बढि रौनक थप्न लोकप्रिय नेपाली अभिनेत्री आचल शर्माले २२, २३ र २४ अक्टुबरमा एक्टिभेसन हुने स्थानहरुमा भ्रमण गर्दैछिन् । 

त्यसबाहेक, कोका–कोलाको ब्राण्ड एम्बेसेडर प्रियंका कार्की पनि २५ अक्टुबरमा सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा आउँदै छिन् । उनीहरुले भ्रमणको क्रममा आफ्नो फ्यानहरुसँग अन्तरक्रिया गर्नेछन् र अपभोक्ताहरुले उनीहरुसँग फोटो पनि खिच्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप