शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भद्रगोल पात्र विवादमा जिग्रीले भने, पात्र र चरित्र हाम्रो हो, हामीले प्रयोग गर्न सक्छौं

आइतबार, ०३ कात्तिक २०७६, १८ : १४
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको बिवाद प्रहरीमा पुगेको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो श्रृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि विवाद प्रहरीमा पुगेको हो ।

मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी खिएका हुन् । ‘भद्रगोल’मा प्रयोग भएका पात्र हुबहु प्रयोग नगर्न ‘सक्किगो नि’ बारम्बार ध्यानाकर्षण गराउँदा अटेर गरेको कारण आफु प्रहरीमा आएका पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको मिडिया हवका मालिक सोम धितालले बताए ।

‘हाम्रो यो दुई श्रृङ्खला बीचको लगार्ड होइन । ‘भद्रगोल’मा प्रयोग भएका पात्र हुबहु अर्काे श्रृङखलामा प्रयोग नगर्दिनु भन्ने रिक्वोइष्ट हो’ मिडिया हवका धितालले भने ‘कलाकारले यो चरित्र हाम्रो हो । हाम्रो हुन्छ भन्लान् । तर हामीले ७ बर्षदेखि यसमा लगानी गरेका छौ । यो हाम्रो हो । हाम्रो हुनुपर्छ भन्छु ।’ यो छलफलको बिषय रहेको धितालको भनाई रहेको छ । 

यता ‘सक्किगो नि’मा आफुले प्रयोग गरेको चरित्र कलाकारको पर्सन चरित्र भएकोले आफुले जुनै श्रृङ्खलामा पनि प्रयोग गर्न पाउने अधिकार भएको कलाकार कुमार कट्टेल जिग्रीले बताए । ‘यो चरित्र नमरुन्जेल कलाकारले मिडियाहवसँग गर्नुपर्छ भनेर कही कतै एग्रिमेन्ट गरेको छैन’ कट्टेलले भने, ‘हामीले भन्द्रगोलमा प्रयोग गरेको चरित्र मिडिया हवको भनेर कतै सम्झौता पनि छैन ।’

‘भन्द्रगोल हामीले बनाउदा प्रयोग गरेका हौ । हामी छुट्टिएपछि हामीसँगै ल्याएका हो’ कट्टेलले थपे ‘हामीले भद्रगोल निर्माण गर्दा यस भित्रका पात्र र चरित्र जेपिती क्रियसनमा रहन्छ भनेर लेखेका छौ ।’ कट्टेलले जेपिटी क्रियसन आफुहरुको भएकोले आफुले जहाँ चायो प्रयोग गर्न पाउने सुनाए ।

उता,धितालले पत्रको बिषयमा एउटा लगानी कर्ताले सिरियलभित्र रहेको पात्र आफ्नो भन्न पाउने कि नपाउने भन्ने प्रश्न गर्दै भने ‘घर तेरो हो । तर भित्रका सामान तेरो होइन भन्न पाउँछकी पाउँदैन । यो छिनोफनाको गर्न प्रहरीमा पुगेको हो ।’ ‘जिरेखुर्सानी’मा जितु नेपालको चरित्र मुन्द्रे थियो’ धितालले भने ‘तर उसले कमेडी क्लबमा मुन्द्रे नाम राखे पनि चरित्र र काम फरक प्रकृतिको भएकोले आपति जनाएनौ ।’ मुन्द्रेले अर्काे जिरेखुर्सानी बनाएको भए आफुले आपत्ति जनाउने उनले सुनाए ।

यता ‘सक्किगो नि’ का कलाकार कट्टेले कानुनी रुपमा पात्र र चरित्र प्रयोगको बिषयमा आफूमाथि भएको दाबी गरे ।  यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’ बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हाँस्य टेलिश्रृङ्खला ‘सक्किगो नि’ सुरुवात गरेको हो । जसमा धेरै पात्र र चरित्र ‘भद्रगोलमा’ प्रयोग हुँदै आएका छन् । 

‘सक्किगो नि’ जेपिटी क्रियशनमार्फत निर्माण भएको टेलिश्रृङ्खला हो । यसका लेखन तथा निर्देशन कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को रहेका छन् । ‘भद्रगोल’मा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए । भद्रगोलबाट पारिश्रमिक नपाएपछि पाँडे र जिग्रीसहित एक दर्जन बढी कलाकार टोली छुट्टिएर ‘सक्किगो नि’ निर्माण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप