‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुग्यो
काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ ।
मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पात्र हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।
धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेसँगै प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ ।
यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ सुरुवात गरेको थियो ।
जेपिटी क्रियसन मार्फत निर्माण भएको टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको रहेको छ । भद्रगोलमा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए ।
भद्रगोलबाट पाँडे र जिग्रीसहित एक दर्जनबढी बाहिरिएर सक्किगो नि सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण