‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुग्यो

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ ।
मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पात्र हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।
धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेसँगै प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ ।
यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ सुरुवात गरेको थियो ।
जेपिटी क्रियसन मार्फत निर्माण भएको टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको रहेको छ । भद्रगोलमा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए ।
भद्रगोलबाट पाँडे र जिग्रीसहित एक दर्जनबढी बाहिरिएर सक्किगो नि सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश