जाँदाजाँदै भवन भट्टले सार्वजनिक गरे ‘अचम्मको सम्बन्ध’ (भिडियो सहित)
गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले एनआरएनएको दुई वर्षे कार्यकाललाई समेटेर ‘यो कस्तो अचम्मको सम्वन्ध’ भिडियो सार्वजनिक गरेका छन् ।
एनआरएनएले गत शुक्रबार नयाँ नेतृत्व चयन गरेसँगै भट्टले आफ्नो एनआरएनएको दुई वर्षे यात्राको तस्विरहरु समेटेर आफ्नै आवाजमा एक भिडियो तयार पारी सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।
आफ्नो कार्यकालमा पुनर्निर्माणलाई पहिलो स्थान दिएका भट्टले भिडियोमार्फत ‘म, मेरो एनआरएनए र मेरो नेपालको सम्बन्ध’ भन्दै यो सम्बन्धलाई कुनै पनि तागतले हल्लाउन नसक्ने सन्देश दिन खोजेका छन् ।
एनआरएनएको दुई वर्षे कार्यकाल सकिए पनि आफ्नो कोशिस र योजना कहिल्यै नसकिने भन्दै भट्टले आगामी दिनमा पनि देशप्रतिको आफ्नो कर्तव्यमा इमान्दारीताका साथ लागिरहने बताएका छन् ।
संसारभर छरिएका नेपालीलाई एउटै छातामुनी राख्ने र देश विकासमा सबैको साथ महत्वपूर्ण हुने भन्दै ‘नयाँ युगको सुरुवात, सवै हात एकसाथ’ भन्ने मूल नारा लिएर एनआरएन अध्यक्षको यात्रा तय गरेका थिए ।
गत असोज २७ गते देखि ३० गतेसम्म सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनबाट भट्टले नेतृत्व हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै