नेपाली ‘ब्रान्ड’ राखेर भारतीय चिनी धमाधम बिक्री

बारा । सरकारले चिनी आयातमा बन्देज लगाएपछि तस्करहरु नेपाली ‘ब्रान्ड’ मा भारतीय चिनी बिक्री थर्न थालेको रहस्य खुलेको छ ।
चाडपर्वको मौछा छोप्दै तस्करहरु सक्रिय भएका हुन् । प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–६ बाट भारतीय चिनी, नेपाली उद्योगका बोरासहित दुई जनालाई नियन्त्रणमा लिएपछि यस्तो धन्दा प्रकाशमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया–६ स्थित रामनारायण यादवको घरमा कोठा भाडामा लिई भारतीय चिनीलाई नेपाली बोरामा प्याकिङ गरेर बजारमा लैजाने गरिएको थियो । प्रहरीले कलैया–२५ बस्ने दिनेश पाण्डे र रमेश तिवारीलाई पक्राउ गरेको छ ।
उनीहरुले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएको चिनी लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतीय चिनी नेपाली बोरामा प्याकिङ गरेर बजारमा लैजाने गरेको तथ्य फेला पारेको हो ।
प्रहरीले एक लाख ५० हजार मूल्य बराबरको भारतीय चिनी, बोरा सिलाउने मेसिन थान, विभिन्न चिनी उत्पादन कम्पनीको नाम उल्लेखित खाली बोरा दुई सय थानसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले मनहर्वास्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिबाट चिनी खरिद गरी ल्याई गोदाममा भन्डारण गरी सो चिनीको सट्टा भारतबाट चोरी पैठारी गरी ल्याएको चिनी रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रा.लि. को बोरामा प्याकिङ गरी बजारमा विक्री वितरण गरेको पाइएको हो ।
बरामद चिनी र पक्राउ परेका दुवैजनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना