शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्षको सचिवालय र एनआरएनएबीच १७ बुँदे समझदारी

आइतबार, ०३ कात्तिक २०७६, १३ : ४९
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच १७ बुँदे समझदारी भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ ।

सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्न सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।

यस्तै नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख सहरमा कार तथा साइकल ¥याली गर्ने, संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध नेपालीका माध्यमबाट संघले उनीहरुको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तता व्यक्तिलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने जनाइएको छ ।

समझदारीअनुसार संघले गैर आवासीय नेपालीका विश्वभर रहेका व्यावसायिक फर्म तथा होटेल, रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामग्री वितरण गर्नेछ ।

यसैगरी संघले विश्वभर कम्तीमा ५० देशमा ‘मिस एनआरएन इन्टरनेशनल’ आयोजना गर्ने र उक्त प्रतियोगिताको ‘फिनाले’ सन् २०२० को जुनभित्र नेपालमा गर्ने भएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप