धारिलो हतियार प्रहार गरी १८ वर्षीया युवतीको विभत्स हत्या
आइतबार, ०३ कात्तिक २०७६, ११ : ५२

षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।
षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ ।
हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो ।
मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री देउवा ?
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ
-
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु