शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपरमा एघारौं यलकप ब्याडमिन्टन प्रतियोगिता शुरु : १ सय ७० खेलाडीको प्रतिष्पर्र्धा

आइतबार, ०३ कात्तिक २०७६, ११ : ४५
आइतबार, ०३ कात्तिक २०७६

ललितपुर । ललितपुरको मंगलबजारमा शनिबारदेखि एघारौं यलकप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । कार्तिक ९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता शनिबार साँझ उद्घाटन गरिएको हो । 

चार समूहमा हुने खेलमा प्रत्येक समूहका लागि ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक वीरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिता उद्घाटनका अवसरमा सांसद कृष्णलाल महर्जन, ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर गीता सत्याल लगायतले अनुशासित ढंगले प्रतियोगिता गर्न आग्रह गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
 
प्रतियोगितामा १५ बर्ष मुनीका खेलाडीको २२ टिम छ । यो समूहका विजेताले ८ हजार नगद पुरस्कारसहित रनिङ सिल्ड जित्नेछ । यस्तै मेन्स डबल समूहका ४५ टिम छन् । यो समूहका बिजेताले ५० हजार नगद पुरस्कारका साथ रनिङ प्राप्त गर्नेछन् । 

यस्तै भेट्रान डबलतर्फ १६ टिम छन् । यो समूहका विजेताले १५ हजार नगद र रनिङ सिल्ड प्राप्त गर्नेछ । यस्तै मिक्स डबलतर्फ १४ टिम छन् । यो टिमको विजेताले १५ हजार नगद सहित रनिङ सिल्ड प्राप्त गर्नेछ । यो समूहका लागि नेपाल भारत मैत्री संघले रनिङ सिल्डको व्यवस्था गरेको छ । 

प्रतियोगितामा सहभागी प्रतियोगीले खेलमा सहभागी हुनका लागि १५ वर्ष मुनीका खेलाडीले ३ सय रुपैयाँ, मेन्स डबलका लागि १२ सय रुपैयाँ, भेट्रान डबलका लागि १५ सय र मिक्स डबलका लागि १ हजार शूल्क तोकिएको प्रतियोगिताका संयोजक श्रेष्ठले बताए । 

यो प्रतियोगितामा ललितपुर महानगरपालिकाका ९ वटा वडाका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । मंगल टोल सुधार समितिले हरेक वर्ष दशैंपछि ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता अघि खेलाडीहरुका लागि तालिमको व्यवस्था समेत गरिन्छ ।  

यलकप प्रतियोगितामा उत्कृष्ट भएका धेरै खेलाडीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रियमा टोलीमा आवद्ध हुन सफल भएको प्रतियोगिताका संयोजक वीरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप