युद्धविरामबीच टर्कीका राष्ट्रपतिले दिए कुर्द लडाकूहरुको ‘शिर कुल्चने’ चेतावनी

एजेन्सी । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले उत्तरी सिरियाको सीमा क्षेत्रमा प्रस्तावित ‘सुरक्षित क्षेत्र’बाट कुर्द लडाकू हटेनन् भने तिनको ‘शिर कुल्चिने’ चेतावनी दिएका छन् ।
टर्कीले कुर्द शक्तिलाई आतंकवादी मान्छ र ऊ सिरियाको सीमाभित्रसम्म ‘सुरक्षित क्षेत्र’ बनाउन चाहन्छ ।
टर्की बिहीबार कुर्दविरुद्ध संचालन गरिरहेको आफ्नो सैन्य अभियान स्थगित गर्नेमा सहमत भएको थियो । यद्यपि, उक्त स्थगन पाँच दिनको लागि मात्र हो ।
यसैबीच, शनिबार दुवै पक्षले एक अर्कोलाई युद्ध–विराम उल्लङ्घनको आरोप लगाएका थिए ।
यो अस्थायी युद्धविरामका बावजुद सीमा शहर रास अल–अएनमा छिटपुट हिंसा जारी रह्यो ।
एर्दोगानले के भने ?
टर्कीको मध्य क्षेत्रमा रहेको कमसेरीमा शनिबार एक टीभी कार्यक्रममा राष्ट्रपति एर्दोगानले युद्धविराममा सहमत भए पनि मङ्गलबार साँझसम्म कुर्द लडाकू पछि नहटेमा ‘हामीले जहाँ अभियान छाडेका थियौं त्यहीँबाट सुरु गर्नेछौँ । हामी आतंकवादीको शिर कुल्चन जारी राख्नेछौँ ।’
एर्दोगानले अघिल्लो शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेका थिए । पुटिनसँगको भेटमा उनले कुराकानीले कुनै समाधान दिएन भने ‘टर्कीले आफ्नो योजना लागू गरेरै छाड्ने’ बताएका थिए ।
यस अघि टर्कीका रक्षामन्त्रीले कुर्द बलले पछिल्लो ३६ घण्टामा १४ ‘उत्तेजक’ आक्रमण गरेको आरोप लगाउँदै यसका बावजुद आफूहरु सम्झौतामा बाँधिएको बताएका थिए ।
युद्धविराम उल्लङ्घनको आरोप
कुर्द समूह ‘सिरियन डेमोक्रेटिक फोर्सेस’ले पनि टर्कीमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
साथमा फोर्सेसले टर्कीस् बलले कब्जा गरिरहेको शहरबाट आम नागरिकहरुलाई बाहिर निस्कने सुरक्षित मार्ग नदिएको आरोप लगाएको छ ।
शनिबार एसडीएफले अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग आम सर्वसाधारणलाई बाहिर निकाल्न सुरक्षित बाटोको लागि टर्कीमाथि दबाब राख्न आग्रह गरेका थिए । पेन्सको मध्यस्थतापछि हालको अस्थायी युद्धविराम लागू भएको हो ।
एसडीएफले आफ्नो बयानमा भनेको छ, ‘अमेरिकी पक्षसँग लगातारको सम्पर्क र यो समस्या समाधानको वाचाको बावजुद यस विषयमा कुनै ठोस प्रगति भएको देखिदैंन ।’
ब्रिटेनस्थित संगठन एनजीओ ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले रास अल–अएन क्षेत्रमा मानवीय सहायता पु¥याउन रोकिएको आरोप लगाएको छ ।
उक्त निगरानी समूहका अनुसार शुक्रबार टर्कीको सैन्य अभियानमा मर्नेको संख्या ८६ पुगेको छ ।
१० दिन पहिले सुरु भएको अभियानको कारण डेढ लाखदेखि तीन लाख मानिस आफ्नो घर छोडेर भागिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध