शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानमिगेलको एक्सप्लोर अभियान सुरु

आइतबार, ०३ कात्तिक २०७६, १० : ३१
आइतबार, ०३ कात्तिक २०७६

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको ‘एक्सप्लोर’ अभियान प्रारम्भ गरेको छ ।

‘एक्सप्लोर’अभियानको सुरुवात सानमिगेल बु्रअरी, फिलिपिन्सबाट सुरु भएको हो । सोही अभियानलाई पछ्याउँदै नेपालमॉएक्सप्लोर’अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका गन्तव्यहरुका प्रचार गर्ने उद्देश्य राखेको छ । 

यस अभियान अन्तर्गत नेपाली जगतका लोकप्रिय युट्युबभ्लगर्सलाई सहभागी गराई उनीहरुको अनुभवलाई युट्युबमार्फत प्रचार–प्रसार गराइने छ । 

ख्याति प्राप्त युट्युबभ्लगर्स घुमन्ते, चेतनराज कार्की, सिसन बानियाँ र‘नेपाल’एट्थ वन्डर पर्यटन प्रचारको लागिकञ्चनजङ्गा बेसक्याम्प, भोटेकोशी, अन्नपूर्ण बेसक्याम्प र एभरेष्ट बेसक्याम्पको जीवनशैली र अन्यविधाको अध्ययन गरी युट्युबमार्फत प्रचार–प्रसार गर्ने छन् ।

नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरुले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउँहरुलाई प्रचार माध्यमले प्रवद्र्धन गर्ने उद्देश्य‘एक्सप्लोर’अभियानले बोकेको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९९४ देखि नेपालीमाझ लोकप्रिय सानमिगेलले केवल रमाइलो र साहस मात्रनभई प्रकृति, मित्रता र विश्रामको गहिराई पत्ता लगाउन उत्प्रेरित गरेकोछ भने ‘एक्सप्लोर’ क्याम्पेन मार्फतभिजिट नेपाल २०२० को आगमनको साथ दिदै नयाँ ठाउँ नयाँ खोज अनिभिन्न रोजाई पस्कने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप