रोनाल्डोको गोलमा युभेन्ट्स विजयी
सुपर स्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा अपराजित यात्रा कायम राखेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालई २–१ गोलले हरायो । खेलअघि घरेलु मैदानमा युभेन्ट्सले रोनाल्डोको सात सयौं गोल अंकति जर्सी समेत सार्वजनिक गरेको थियो । बोलोग्नाविरुद्धको उक्त गोलसँगै रोनाल्डोले सात सय एक गोल पुर्याएका छन् ।
युभेन्ट्सका लागि रोनाल्डोले १९औं मिनेटमा सुरुवाती गोल गरे । त्यसपछि बोलोग्नाका डानिलोले २४औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा युभेन्ट्सले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । ५४औं मिनेटमा मिरालेम पजानिकले गोल गर्दै युभेन्ट्सलाई थप बपलयो बनाए । त्यसपछि थप गोल हुन नसक्दा युभेन्ट्स विजयी भयो ।
शीर्ष स्थानमा रहेको युभेन्ट्सले आठ खेलबाट २२ अंक बनाएको छ । नौ अंक बनाएको बोलोग्ना १२औं स्थानमा छ । १८ अंक जोडेको इन्टर मिलन दोस्रो स्थानमा छ । शनिबार रातिनै भएको अर्को खेलमा नापोलीले भेरोनालाई २–० गोलले हराएको छ । जितसँगै १६ अंक बनाएको नापोली चौथो स्थानमा छ । नौ अंक बनाएको भेरोना ११औं स्थानमा छ । अर्को खेलमा एटलान्टा र लाजियोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिएपछि एटलान्टा १७ अंक सहित तेस्रो स्थानमा छ । १२ अंक बनाएको लाजियो पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु