केन्द्रीय संस्करण

दौडधुपमा दाहाल, पार्टीका अर्का अध्यक्ष ओलीबाट ’धोका’

person explore access_timeकात्तिक ३, २०७६ chat_bubble_outline1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। 

पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो।

एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए।

त्यसयता दाहाल–पोखरेल सम्बन्ध मधुर बनेको छ। दसैं सकिएलगत्तै दाहाल पोखरेल निवास धापासी पुगेका थिए। दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए। पोखरेल–दाहाल भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेल निवास पुगेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Oct. 21, 2019, 11:47 p.m. Mani
    जसको नीति योजना उ कार्यकारी, जनता ले बहुमत ओलि का लागि दिएका हुन दहाल का लागि होइन, जनता को मन मा बस्नुस प्रम हुनै पर्छ भन्ने छैन, त्यसै पनि दुई पटक भैसक्नु भयो दहाल कमरेड । देश बिकास मा चिन्ता गर्नुस प्रम को कुर्सी को लागि होइन,
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.