कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन
झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।
उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेको थिएँ । ”
मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उनले बताए । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ ।
हात्तीको नजिकै लगेर ड्रोन उडाएपछि मौरी आएको त्रासमा हात्ती ठूलो आवाजका साथ गर्जंदै जङ्गलतिर भाग्ने गरेको प्रधानले बताए । पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उनको भनाइ छ ।
डिभिजन वन कार्यालय, झापाको समेत सहभागितामा स्थानीय बासिन्दासहितको टोलीले हात्ती धपाउन साइरन ड्रोन परीक्षण गरेको थियो । गत बिहीबार र शुक्रबार राति यसको परीक्षण गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’