शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जोनसनको बहिर्गमन प्रस्ताव सांसदहरूद्वारा अस्वीकृत

शनिबार, ०२ कात्तिक २०७६, २३ : २७
शनिबार, ०२ कात्तिक २०७६

लण्डन-बेलायतका प्रधानमन्त्रीले यूरोपेली यूनियन (इयू) सँग गत बिहीबार गरेको सहमति संसदबाट पुनः एक पटक पारित हुन नसकेको अधिकारीहरूले बताएका छन् । 

प्रधानमन्त्री जोन्सनको प्रस्ताव पारित हुन झिनो मतले नपुग्ने भनी बेलायती सञ्चारमाध्यमले गरेको अनुमान अनुरूप नै प्रधानमन्त्रीको प्रस्ताव मात्रै १६ मतले पराजित भयो । ब्रेक्जिटको सीमा बढाउने प्रस्तावको पक्षमा ३ सय २२ र प्रधानमन्त्री जोन्सनले प्रस्तुत गरेको बिना सम्झौता बेलायत इयुबाट बाहिरिने प्रस्तावको पक्षमा ३ सय ६ मत परेको एक अधिकारीले बताएका छन् । 

विकल्पमा यहाँका सांसदहरुले ब्रेक्जिटको समय पछि सार्ने पक्षमा मत दिएका छन् । बेलायतले यस प्रावधानका लागि पहिले नै कानूनको व्यवस्था गरेको थियो । 

बेलायतको हाउस अफ कमन्समा प्रधानमन्त्री बोरिस जोन्सनले बिना सम्झौता अक्टोबर ३१ मा बेलायत युरोपियन युनियनबाट बाहिरिनेसम्बन्धी प्रस्ताव पेश गरेका थिए भने प्रस्तावको विकल्पमा ब्रेक्जिट प्रक्रियालाई केही पछि सार्नुपर्ने सुझाब थियो ।

संसदमा भएको आजको मतदानले प्रधानमन्त्रीलाई महत्वपूर्ण धक्का दिएको छ । यद्यपि संसदबाट पराजित भए पनि प्रधानमन्त्री जोन्सनले आफ्नो ब्रेक्जिटबारेको रणनीतिबाट नडगमगाउने बताएका छन् । एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप