शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्याटलोनियामा तनाब, २४ घण्टामा ५० व्यक्ति पक्राउ, दर्जनौँ घाइते

शनिबार, ०२ कात्तिक २०७६, २३ : २१
शनिबार, ०२ कात्तिक २०७६

बार्सिलोना-स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । 

क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहले स्पेनबाट आफूहरूलाई स्वतन्त्र बनाउने प्रयासस्वरूप गरेका आन्दोलनहरूले हिंसात्मक रूप लिएपछि बार्सिलोना लगायतका मुख्य शहरी क्षेत्रहरूमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तहरू भएका प्रहरीले बताएको छ । 

क्याटलोनियाको स्वतन्त्रताका लागि सन् २०१७ मा जनमतसङ्ग्रह गरिएको र सोही आधारमा क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तत्कालिन क्याटलोनियाली सरकार प्रमुख कार्ल पुज्देमोन लगायतका नेताहरूविरूद्ध स्पेनले यूरोप तथा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको थियो । 

आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले केही प्रदर्शनकारीली नियनत्रणमा लिएको स्पेनी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । क्याटलोनिया स्वायत्त क्षेत्रका प्रहरी, मोसेस दे एस्कुआद्राका अनुसार शुक्रबारदेखि शनिबार अपरान्ह्सम्म ५४ जनालाई सुरक्षा नियनत्रणमा लिइएको छ । प्रदर्शनका क्रममा करिब १०० जना घाइते भएका र ५० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

शुक्रबार शुरू भएको आम हडतालमा क्याटलोनियाली जनताको भब्य सहभागिता रहेको र कतिपय स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका थिए । प्रहरीले शनिबार राति दर्जनौँ स्थानीयलाई नियनत्रणमा लिएको हो । क्याटलोनियामा गत सोमबारदेखि सामान्य प्रदर्शनहरू भएका थिए तर शुक्रबार उक्त प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएको थियो ।

प्रदर्शनकारीले क्याटलोनियाको स्वतन्त्रताको माग गर्ने  विभिन्न नौ राजनीतिज्ञलाई जेलबाट रिहा गर्ने शर्त अस्वीकार गरेपछि प्रदर्शनले नयाँ रूप लिएको हो । -एएनआई/Photo: Getty images
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप