बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा अमेरिकी नागरिकको मृत्यु

शनिबार, ०२ कात्तिक २०७६, २० : १६
शनिबार, ०२ कात्तिक २०७६

पोखरा – ट्रेकिङका लागि थोरङपास हिडेका विदेशी नागरिकको मनाङमा मृत्यु भएको छ । मृत्यु हुने विदेशी अमेरिकी नागरिक रहेको प्रहरीले जानकारी दियो । मनाङको डिस्याङ गाउँपालिका ७ टंकीमा उनको शव फेला परेको हो ।

मृतकको पुरा नाम स्टेफन भोन एस स्मिथ रहेको प्रहरीले जानकारी दियो । उनको पासपोर्ट नम्बर ६४६०२७४५ रहेको छ । ६५ वर्षीय स्मिथको हृदयघातको कारण मृत्यु भएको प्रहरीले खुलाएको छ । 
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीेले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप