पुष्प मेलामा ३७ लाखको कारोबार
काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३७ लाख रुपियाँ बराबरको फूलको कारोबार भएको छ ।
शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामा पहिलो छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए । जसमा १२ लाखको कारोवार भएको थियो भने शनिवार १५ हजारजनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए ।
चारगतेसम्म चल्ने पुष्पमेलामा आयोजकले ५० लाख रुपियाँको कारोवार गर्ने लक्ष्य लिएको छ । सोवारसम्म लक्ष्य भन्दा बढीको कारोवार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् ।
यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले जानकारी दिए ।
प्mयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर वंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।
नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५÷७६ सम्म आइपुग्दा सत सयभन्दा बढी पुष्प व्यवसायीहरुद्वारा यस व्यावसायीमा संलग्न रहेका छन् । यो व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको जानकारी गराउँदै उहाँले यस व्यावसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन्।
पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गर्नुभएको थियो । मेलाको अवलोकनका लागि सर्वसाधरणदेखि लिएर विद्यार्थी, अनुन्धानकर्ता, किसान, उद्योगी, कुटनीति नियोगका प्रतिनिधिहरु, विभिन्न दलका नेता लगायतका व्यक्तित्वहरु आउनु भएको महासचिव पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजाको सन्देश– नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ (भिडियोसहित)
-
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
-
संविधान संशोधनमा ओलीको ‘मिसन–०८७’ : सत्तामा सङ्कट आएको विपक्षी दलहरूको विश्लेषण
-
प्रेस सेन्टर ललितपुरको अध्यक्षमा अर्याल चयन
-
रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने
-
अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु