शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार, ०२ कात्तिक २०७६, १९ : ४७
शनिबार, ०२ कात्तिक २०७६

बुटवल –पानी तान्ने मोटर चलाउने चलाउदा दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो करेन्ट लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पड्डा निवासी ४७वर्षीय टिकाराम भण्डारीको मृत्यु भएको हो ।

आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद विक्रम शाहका अनुसार उनको शवलाई परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप