शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको टुङ्गो प्राविधिक विषय होइन  :सभामुख  घर्ती

शनिबार, ०२ कात्तिक २०७६, १९ : ४५
शनिबार, ०२ कात्तिक २०७६

बुटवल –प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक विषय भएका कारण त्यसको टुङगो पनि राजनीतिक रुपमा लाग्ने बताएका छन् ।

 उनले राजधानीको विषय पेचीलो बनेको बताउदै यसलाई प्राविधिक विषय जसरी समाधान गर्नु पर्दछ भन्ने मनोविज्ञान बनाउन नहुने जिकिर गरे ।
शनिवार रोटरी क्लब अफ बुटवलको नियमित १२८१ औं बैठकमा मुख्य बक्ताका रुपमा बोल्दै सभामुख घर्तीले सो कुरा बताएका हुन् ।

सिंहदवारले हामीलाई दिन नसकेको अपन्त्व फेरि हामीले तोक्ने राजधानीले दिन नसक्ने हो भने राजनीतिक परिवर्तनको कुनै औचित्य नहुने उनले बताए ।

सभामुख घर्तीले राजधानीका विषयमा बाहिर आउने गरेका कुरा र वहसप्रति असन्तुष्टि व्यक्त गर्दै हामीले राजधानी कहाँ बनाउने भनेर होइन कस्तो बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए ।

सभामुख घर्तीले संघीयताप्रति पछिल्लो समयमा जनतामा निराशा बढेकोप्रति राजनीतिक नेतृत्व सचेत बन्नु पर्ने बताउदै राजनीतिक परिर्वतन सजिलो भए पनि सत्ता परिर्वतनसँगै पुरानो संस्कार र संस्कृति परिर्वतन गर्न गाह्रो हुने हुँदा केही अन्यौलता देखिएको जिकिर  गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप