शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विजय र शैलेशलाई स्वर्ण

शनिबार, ०२ कात्तिक २०७६, १८ : २३
शनिबार, ०२ कात्तिक २०७६

काठमाडौं – दिलिप स्मृति तेक्वान्दो डोजाङका दिलिप सुवेदी र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजी मुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए । पुरुष सिनियर ५४ केजी मुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए । जुनियर पुरुष ४९ केजी मुनि चुनदेवीका कर्मा नोर्वु शेर्पाले सिद्धार्थका विजय डंगोललाई र  महिला जुजियर ४१ केजीमुनि चुनदेवीकी समता जिरेलले राईजिङ स्टोनकी श्रृष्टि न्यौपानेलाई हराउँदै स्वर्ण जिते ।

यसैगरी जुनियर महिला २८ केजी मुनि बुटवलकी रोशनी तामाङले स्टेपिङ स्टोनकी दिपा सन्जेललाई, सिनियर पुरुष ६८ केजी मुनि भैरहवाका महमद राफिकले पोखराका हेमन्त गुरुङ, सिनियर महिला ४९ केजी मुनि राईजिङ स्टारकी लक्ष्मी केवतले इच्छाकामनाकी दिपा त्रिपाठीलाई, सिनियर पुरुष ५८ केजी मुनि कोटेश्वरका विवेक केसीले भ्याली डिभिजनका राहुल कुमाललाई, जुनियर पुरुष ३६ केजी मुनि परासीका सलिम अन्सारीले अमेलियाका दिपेश श्रेष्ठलाई तथा जुनियर महिला ५० केजी मुनि सरित सौराहाकी स्नेहा परियारले बुटवलकी सुरवी रोक्कालाई हराउँदै पहिलो भए ।

जुनियर पुरुष ३० केजी मुनि पिठवाका अनमोल केसीले उदश प्रधानलाई, सिनियर पुरुष ६३ केजी मुनि कोटेश्वरका रनित साउदले दिलिप स्मृतिका कपिल थापालाई, सिनियर पुरुष ५४ केजी मुनि सितापाइलाका दिपेश खत्रीले कैलालीका भुवन साक्रीलाई तथा जुनियर महिला ४६ केजी मुनि अनिसा वाईवाले कुमरोजकी आयुश्मा महत्तोलाई हराउँदै स्वर्ण जिते ।

यसैगरी जुनियर पुरुष ५५ केजी मुनि भैरहवाका अजित गुप्ता तेलीले द एभ्रीबडीका धनबहादुर बस्नेतलाई, जुनियर महिला ४५ केजी मुनि दिलिप स्मृतिकी रिना लामाले गोदावरी फिटनेशकी रोशनी सिलवाललाई, जुनियर पुरुष २८ केजी मुनि दोशारा चाँदनीका साजन ठगुन्नाले सुर्खेतका कृष्ण विकलाई तथा जुनियर पुरुष ५१ क्ेजी मुनि मैत्रीका कृष्ण सुनारले एकता तेक्वान्दो डोजाङका इन्द्र राईलाई हराउँदै पहिलो भए ।

यसैगरी पुम्सेतर्फ १४ देखि १९ बर्षमा धरानका सुदेश राई, २५ देखि ३० बर्षमा नेपाल पुलिसका हस्त बहादुर तामाङ, महिला १९ देखि २५ बर्षमा न्युलाईटकी रुविना घले, महिुला १२ देखि १४ बर्षमा मुलपानीका आयुष ढुङ्गेज, महिला १४ देखि १९ बर्षमा भ्यालीकी रोशनी श्रेष्ठ, महिला १२ देखि १४ बर्षमा एब्सुलुटकी दिपिशा गुरुङ र पुरुष १९ देखि २५ बर्षमा गोदावरीका उज्जल श्रेष्ठले स्वर्ण जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप