बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा सामुदायिक अस्पताल निमार्णका लागि पहल

शनिबार, ०२ कात्तिक २०७६, १३ : २७
शनिबार, ०२ कात्तिक २०७६

 बुटवल । रुपन्देहीको बुटवलमा सामुदायिक मुटु अस्पताल निमार्णको अभियान थालिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ वेलवासमा लायन्स क्लब अफ बुटवल बेलवास सिटीको नेतृत्वमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निमार्णको अभियान शुरु गरिएको हो । 

क्लब अध्यक्ष लक्ष्मण खड्काले स्थानीय निकायसँग समन्यन गरी बेलावसमा करिव ५ कट्ठा जग्गाको व्यावस्थापन भएको जानकारी दिए । २५ वेडको अस्पताल निमार्णका लागि अस्पताल भित्र रहने सम्पूण संरचनाको गुरु योजना तयार गरिएको छ ।

जसअनुसार ४ तले भवन निमार्ण गर्ने नक्सा निमार्ण भएको छ । अस्पताल निमार्णको लागि १० करोड लाग्ने अनुमान गरिएको छ । आर्थिक सहयोगको लागि लायन्स इन्टरनेशनल र लायन्स डिस्ट्रीक ३२५ बी २ नेपालका साथै एरिया ४ मा आर्थिक सहयोग प्रस्ताव पठाइएको छ ।

यस्तै प्रदेश सामाजिक विकास मन्त्रालय, संघीय सरकार स्वास्थ्य मन्त्रालय, बुटवल उपमहानगरपालिका लगायतका विभिन्न निकायमा पनि प्रस्ताव पठाइएको खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप