शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा एकको मृत्यु

शनिबार, ०२ कात्तिक २०७६, १३ : ११
शनिबार, ०२ कात्तिक २०७६

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा मोटर साइकल र ट्याक्टर एकआपसमा ठोकिदा एक युवकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आईरहेको प्र.२–०२–००१ त. ४४६ नम्वरको ट्याक्टर र स. ११ प ४६३७ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिदा घाइते मोटरसाइकल चालक गोलबजार १२ बेतौनाका १७ वर्षिय दुर्गेश मुखिया र पछाडि बसेका कृष्ण मुखिया सख्त घाइते भएका थिए । 

घाइते दुवैलाई उपचारको क्रममा विराटनगर लानेक्रममा दुर्गेशको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबाजरका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । कृष्णको भने विराटनगरमा उपचार भइरहेको जनाएको छ । उनको अवस्थापनि गम्भिर रहेको बताइएको छ ।

दुर्गेशको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप