शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रानडा स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

शनिबार, ०२ कात्तिक २०७६, १३ : ०७
शनिबार, ०२ कात्तिक २०७६

ग्रानडा स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ग्रानडाले ओसासुनालाई १–० गोलले हरायो । 

घरेलु मैदानमा ग्रानडालाई जिताउन डोमिङगोज डुरटेले गोल गरे । डोमिङगोजले ३८औं मिनेटमा गरेको गोलनै ग्रानडाका लागि प्रयाप्त बन्यो । खेलको अन्तिमसम्म गोल फर्काउने ओसासुनाको प्रयास सफल हुन सकेन ।
 ओसासुना दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । फ्रान मेरिडा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।

 जितसँगै ग्रानडाले नौ खेलबाट १७ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले आठ खेलबाट १८ अंक बनाएको छ । 

तेस्रो स्थानमा रहेको बार्सिलोनाले आठ खेलकाट १६ अंक बनाएको छ । ११ अंक बनाएको ओसासुना तालिकाको ११औं नै स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप