अब बागमतीमा पौडी खेल्न सकिने, पशुपतिमा ढुक्कले नुहाउन मिल्ने
काठमाडौं–काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
आयोजना प्रमुख लिला प्रसाद ढकालले आयोजनाको करीब ९५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आगामी पुससम्ममा निर्माणकार्य सम्पन्न भइसक्ने बताए ।
शनिबार सो प्रशोधन केन्द्रको अवलोकनका लागि पुगेकी खानेपानी मन्त्री बिना मगरसहितको टोलीलाई आयोजनाबारे जानकारी गराउँदै उनले निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने जानकारी दिए । यस्तै हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै उनले ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिए ।
‘प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’, उनले भने, ‘हामीले आयोजना आगामी पुसभित्र सम्पन्न गर्नेगरी काम गरिरहेका छौं । अहिलेको प्रगतिको अवस्था हेर्ने हो भने ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’
एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ । यस्तै प्रतिघण्टा ३२० किलोवाट बिजुली समेत उत्पादनगर्न सकिनेछ । बागमतीको पानीमा भएको फोहोर जम्मा गरेर ग्यासबाट बिजुली निकाल्ने सकिने ढकालको भनाइ छ ।
‘आयोजनापछि गोकर्णदेखि गुह्वेश्रीसम्मको पानी प्रशोधन गर्न सकिन्छ’ उनले भने, ‘हरेक दिन सात टन कम्पोस्ट मल समेत फोहोर पानी प्रशोधन केन्द्रबाट उत्पादन हुन्छ । जुन कृषकले खेतीबालीमा प्रयोग गर्न गुणस्तरीय मानिन्छ ।’ प्रशोधन केन्द्र निर्माणपछि बागमतीमा माछा लगायतका जलचरको संख्यामा समेत बढ्ने विश्वास लिइएको छ ।
आयोजनाको अवलोकपछि खानेपानी मन्त्री मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको भन्दै यसलाई सफल बनाउन सबैपक्षको सहयोग जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण