अवैध सालको काठ बरामद
गोरखा – गोरखा नगरपालिका–१० छेवेटार बजारबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ । छेवेटार बजारको सानो बगैँचामा बेबारिसे अवस्थामा रहेको करीब ४५।४५ थान क्युफिट काठ बरामद भएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
अवैध सालको काठको गोलिया रहेको भन्ने गोप्य सूचनाको आधारमा सदरमुकामबाट खटिएको विशेष प्रहरी टोलीले २० थान सालको काठ (गोलिया) बेवारिसे अवस्थामा फेला पारेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
बरामद भएको सालको काठ रु दुई लाख ७२ हजार ७०० बराबरको बजार मूल्यको भएको सहायक वन अधिकृत तथा डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए। बरामद सबै काठ अहिले सवडिभिजन वन कार्यालयमा राखिएकोे छ ।
काठ कसले ल्याएको हो भन्ने बारेमा केही खुल्न नसकेको कार्यालयले जनाएको छ । बरामद भएको काठ आम्दानीमा बाँधेर प्रक्रिया पु¥याइ लिलामी गर्ने सूचना अधिकारी पौडेलले बताए । काठ कसले र कहाँ लैजान लागेको हो भन्ने जानकारी नभएकाले थप अनुसन्धान भइरहेको सवडिभिजन कार्यालय गोरखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद