अफगानिस्तानमा मस्जिदमा बम विस्फोट, ६२ को मृत्यु

एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा भएको बम आक्रमणमा कम्तिमा ६२ मानिसको मृत्यु भएको छ । बम विस्फोट हुदाँ मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेको थियो ।
अधिकारीका अनुसार मस्जिद पूर्वी नानगहर प्रान्तमा रहेको छ । आक्रमणस्थल नानगहर प्रान्तको राजधानी जलालाबादबाट ५० किमी टाढा हस्का मिना जिल्लामा रहेको छ ।
बम विस्फोटबाट दर्जनौं मानिस घाइते भएका छन् । विस्फोटले मस्जिदको छतनै खसेको थियो ।
आक्रमणस्थलमा इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय भए पनि हालसम्म बम आक्रमणको कसैले जिम्मेबारी लिएका छैनन् ।
आक्रमणको केही अघि मात्र संयुक्त राष्ट्र संघको एक वक्तव्य सार्वजनिक भएको थियो जसमा अफगानिस्तानमा यो गृष्ममा निक्कै धेरै सर्वसाधरणको मृत्यु भएको उल्लेख छ ।
संयुक्त राष्ट्र संघका अनुसार जुलाईदेखि सेप्टेम्बरबीच कम्तिमा ११७४ नागरिक मारिएका छन् । यसमा २०१९ जुलाई महिना दशक यताकै सबैभन्दा रक्तपातपूर्ण महिना रह्यो ।
बम आक्रमण भएको प्रान्तका गर्वनर कार्यलयका प्रवक्ता अताउल्लाह खोग्यानीले विस्फोटबाट ६२ मानिसको मृत्यु भएको र ३६ मानिस घाइते भएको पुष्टि गरे ।
प्रत्यक्षदर्शीका अनुसार मस्जिदको छल खस्नुअघि त्यहाँ ठूलो विस्फोट भएको थियो । अफगानिस्तानको टोलो न्युजका अनुसार घटनामा ठूलो मात्रामा विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।
स्थानीय प्रहरी अधिकारी तेजाब खानले मस्जिदमा प्रथार्ना चलिरहेकै समयमा ठूलो बम विस्फोट भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक