शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महराको अप्रत्याशित बहिर्गमनले भूमरीमा शिवमाया !

शनिबार, ०२ कात्तिक २०७६, ०६ : ५३
शनिबार, ०२ कात्तिक २०७६

२०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’

चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ती हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैं महसुस गर्थिन् । 

राजनीतिक जीवन शुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । अहिले संसद्को आयु ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ । उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अप्ठ्यारो देखिएको छ । 

यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप