धनुषाको हंसपुर नगरपालिकामा प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

धनुषा-प्रहरीले धनुषाको हंसपुर नगरपालिकामा तस्कहरुविरुद्ध गरेको कार्वाहीमा हवाई फायर गरेको छ । शुक्रवार हंसपुर नगरपालिकास्थित निकाल गाउँमा भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।
भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा तस्करले अवरोध खडा गरे पछि प्रहरीले हवाइ फायर गरेको जनाएको छ । तस्करले गाउँका महिला र बालबालिकालाई प्रयोग गरेर अवरोध
गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निकाल गाउँमा तस्करीको सामग्री जम्मा गरेको सूचना प्राप्त भएपछि सो सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।
आज करिब साँझ ६ बजे प्रहरीले हवाइ फायर गरेपछि सर्वसाधारण तितरवितर भएका र तस्करहरुले ल्याएको सामान बरामद भएको एसपी शेखर खनालले जानकारी दिए । बरामद गरिएको सामान करिब २५ लाख रुपैयाँ बराबरको हुनसक्ने अनुमान प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?