बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘हिजो आजका कुरा’ घोषणा, मुख्य भूमिकामा सन्तोष र रमा

शुक्रबार, ०१ कात्तिक २०७६, १७ : २८
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुने एक समयको चर्चित हाँस्यश्रृखला ‘हिजो आजका कुरा’को नाममा फिल्म निर्माण हुने भएको छ । श्रृंखलाको निर्माण संस्था पन्त फिल्मस् प्रालिले यो नामबाटै फिल्म निर्माण गर्न लागेको हो ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको छ । घोषणा कार्यक्रममा ‘हिजो आजका कुरा’ श्रृङ्खलाका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै फिल्ममा मुख्य भूमिका रहने जानकारी दिइयो । 

फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव–कलाकारद्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतकोे पनि अभिनय रहने जानकारी दिइयो । 
सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशन रहने फिल्म तिहारपछि छायाँकनका लागि फ्लोरमा निस्कनेछ । 

फिल्मले काठमाडौंका चार परिवारको समस्या, संघर्ष लगायतको बिषय देखाउने कार्यक्रममा कलाकार सन्तोष पन्तले बताए । ‘हिजो आजका कुराले जस्तो विषयबस्तु उठाउँथ्यो यो फिल्मले पनि त्यस्तै उठाएको छ’ पन्तले भने ‘पहिले श्रृंखलाको रुपमा बन्यो अहिले फिल्म बन्न लागेको हो ।’ हिजो आजझै फिल्म पनि चोटिलो बन्ने उनले खुलाए ।

फिल्मको कथा सन्तोष सन्त र साकार पन्तले तयार पारेका हुन् । जसको पटकथा सन्दीप किस्नाले तयार पारेका छन् । ‘प्रोजेटको सिलसिलमा बिभिन्न ठाउँ घुम्दा ‘हिजो आजका कुरा’ फेरि प्रसारण भए हुन्थ्यो भन्ने धेरै दर्शकको मनसाय पाए’ निर्देशक साकारले भने ‘श्रृंखला बनाएर टेलिभिजनमा प्रसारण गर्नुभन्दा फिल्म गर्नु उचित लाग्यो ।’

साकारले चर्चित सिरियलको नाम सापटी लिएर फिल्म निर्माण गर्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको भएको बताए । ‘ब्रान्ड बेच्नका लागि फिल्म बनाउन लागेको चाहिँ होइन । ‘हिजो आजका कुरा’ पन्त फिल्म प्रोडसक्नको पहिचान हो । त्यसैले यही नामबाट फिल्म बनाउन लागेको हो’, साकारले थपे ।

फिल्मको घोषणा कार्यक्रममा अभिनेत्री ऋचाले ‘हिजो आजका कुरा’ बाल्यकालमा आफ्नो सबैभन्दा मनपर्ने सिरियल रहेको बताइन् । उनले यो नामसँग आफ्नो इमोसनल अट्याचमेन्ट रहेको सुनाउँदै टिमसँग जोडिन पाउदा खुसी लागेको सुनाइन् । 

अर्की अभिनेत्री रिमाले फिल्मको कथावस्तु राम्रो लागेर काम गर्न लागेको बताइन् । रिमाले कलाकार द्धोय सन्तोष पन्त र रमा थपलियासँग काम गर्न पाउनु आफ्ना लागि गर्भको बिषय भएको बताइन् । कार्यक्रममा फिल्मको मुख्य भूमिकामा छानिएकी अभिनेत्री केकी भने देखिइन् । उनी फिल्म ‘छ माया छपक्कै’को सिलसिलमा उपत्यका बाहिर रहेको कार्यक्रममा जानकारी दिइयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप