केन्द्रीय संस्करण

निजी आवास पुनर्निर्माणका लागि कात्तिकभित्रै दोस्रो किस्ता लिइसक्न आग्रह

person explore access_timeकात्तिक १, २०७६ chat_bubble_outline1

ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्पपीडित जनतालाई आग्रह गरेका हुन् ।

प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कार्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २ सय ५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४ सय ५६ घर पुनर्निर्माणका क्रममा छन् ।

भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनर्निर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनर्निर्माणमा ढिलाइ भएकोमा कारण बुझ्न आवश्यक भएको भन्दै ‘एक घर एक परियोजना’ बनाएर अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिए ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) इकाईका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट जनता वञ्चित हुने सम्भावना रहेको बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर) का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीन व्यक्तिले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्व सम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुननिर्माण गर्न इच्छुक नहुनु लगायतका समस्या रहेको बताए ।

 

कमेन्ट

  1. Oct. 18, 2019, 8:35 p.m. Dhruba Bdr Bogati
    भुकम्प पिडितहरुको पिडा २०७२ सालको भुकम्पले जनताहरुको घर भत्काएको ५ बर्ष भैसक्यो‚ सुरुमै सरकारको तर्फबाट भुकम्पिय क्षेतिको जाँच र सर्भेक्षण गर्नजाने असक्षम‚ अयोग्य र अनुशासनहिन राज्यको नूनको सोझो नगर्ने सरकारी प्राविधिक ईन्जिनियरहरुले लापरवाही गरेको कारण र सम्वन्धित स्थानिय निकाय वाडा-वाडाका पदाधिकारी र कर्मचारिहरुले समेत गैर जिम्मेवारी भएर सिफारिस-पत्र, सर्जमनी मुचुल्का‚ र ईन्जिनियरको रिर्पोट आदि प्रमाणित कागजादहरु आफ्नो पदिय जिम्मेवारिको ख्यालै नगरेर समयमै नपठाई ढिला सुस्ति गरेर पठाएकोले हालसम्म पनि दशौहजार भुकम्पपिडित भनेर प्रमाणित भएकाहरुले राज्यबाट घरवनाउन दिनेभनेको पैसा अझै सम्म पाएका छैनन् । यसरी गाउँ-गाउँमा सँगैका अरुपिडितहरुले घरवनाउने पैसापाउने हामिलेमात्रै भुकम्पपिडितमा प्रमाणित भएर पनि किन नपाउने त भनेर यस्ता पिडितमा प्रमाणित भएका पिडित जनताहरुले नेपाल सरकार‚ प्रधान-मन्त्री र पुनरनिर्माण प्राधिकरण प्रमुख प्रति ठूलो गुनासो‚ दुखेसो का साथ-साथै ब्यापक जनआक्रोस देखाएर सम्वन्धित सरोकार वालाहरु प्रति खेदप्रकट र रोषप्रकट गर्नु स्वभाविक हो । किनकी बिगतमा लाखौ-लाख भुकम्प पिडितहरुलाई सरकार र पुनरनिर्माण प्राधिकरणले घर वनाउनेपैसा वितरणगरेर वाह‚ सरकार-वाह‚ भनेर वाह-वाह र प्रश̀सा पाएको सरकार र पुनरनिर्माण प्राधिकरणले थोरै सख्याका दशौहजार मात्रै भुकम्प पिडितहरुको मनदुखायर र रुवायर किन आफनो प्रशँ̇सा र वाह-वाह मेटायर वद्धनाम र दुर्नाम गराई रहेको होलान ? आखिर यसमा प्रधानमन्त्री र प्राधिकरण प्रमुखले पनि आ-आफनो सम्पति वेचेर र आफनो पाकेटको पैसाबाट दिने त होइननी‚ राष्टको ढुकुटी र दाता राष्टहरुबाट आएको पैसाबाटै दिनेत हो नी । समयले कसैलाई पनि पर्खदैन‚ सरकारको उच्चपदमा रहेका ठूल्ठूला र बुद्धिवान कहलिएका नेत्रित्वोहरुले त जुनसुकै काम पनि समयमै गर्नुपर्छ भन्नेकुरा हेक्का राखनु एकदमै जरुरी छ । भनाई पनि छ‚ जसले समयमै कामगर्छन तिनिहरुले नै सफलता पाउँछन् । भोलि त के हुन्छ सकैलाई थाह छैन र कसैको पनि जीवनको अन्तिम समय निधारमा लेखिएर आएको हुँदैन । देशको सरकारी उच्च पद र जिम्मेवारीमा रहनु भएका प्रधान्मत्री मन्त्री र सिइओहरुले यी पदहरु त्येसै सजिलैसित पाउने कुराहैन‚ यसका लागि अघिल्लो जुनिमा गरेको श्रेष्ठकर्म र राम्रोकर्मको फलबाट मात्रै पाउने कुरा हो‚ यसैले त फेरिपनि यस्तै राम्रो र श्रेष्ठकर्म गरेर अर्को जन्ममा पनि यसै गरि मन्त्री‚ प्रधान-मन्त्री र विभागिय प्रमुख मात्रै वन्ने होइन की‚ निकट भविष्यमा आउनै लागेको स्वर्णिमयुग ⁄ सत्ययुगको राजा-महाराजा नै वन्नका लागि श्रेष्ठ र राम्रोकर्म गरेर आफनो पुण्डेको खातामा ब्यालेन्स बढाउने र साथ-साथै ईतिहासको पानामा सुवर्ण अक्षरले आफनो नाम लेखाई राख्ने शुभ-अवसर पनि अहिले नै हो र आजै नै हो । यसैले भुकम्पबाट पिडित जनताहरुलाई राज्यबाट घरवनाउन दिने भनेको पैसा समयमै दिएर राम्रोकाम र पुण्डेकर्म गर्नलाई किन ढिला सुस्ती गर्नु हुन्छ ? के कारणले ढिला भएको हो ? यस बारेमा पिडत जनताहरुलाई जानकारी दिनु पर्छ की पर्दैन ? । जो-जो भुकम्प पिडितहुन भनेर प्रमाणित भएका र हालसम्म पनि अनुदान पैसा नपाएका पिडित जनताहरुलाई कित तिमिहरु भुकम्प पिडित होइनौ र राज्यबाट कुनै राहत रकम पाउँदैनौ भनेर प्रष्ट जानकारी गराउनु पर्छ‚ तव पिडितहरुले आ-आफनो तरिकाले जे सकेको जोहो गरेर आउनै लागेको जाडोबाट बच्नेउपाय आ-आफै गर्नेछन‚ होइन भने जति सकेको चाँडै राज्यबाट दिने भनेको राहतको पैसा उपलब्ध गराउन नियम-कानून‚ विधि-विधान‚ मिटिग-सिटिग बैठक के-के गर्नु पर्ने हो ? सवै छिट्टै सम्पन्न गरेर आ-आफनो दायित्वो र जिम्मेवारी पुरा गरेर र गर्नलगाएर पिडित जनताहरुलाई घर वनाउने पैसा उपलब्ध गराउन के ले छेक्यो के-के कारणले कस-कस्ले किन रोक्यो ? पिडितहरुलाई समयमै यो कुराको प्रष्टजानकारी गराउनु राज्यको दायित्वो पनि हो । यदि यसमा वास्तविक भुकम्पपिडित को-को हो वा होइन ? को-को वास्तविक पिडित हुन र को-को पिडित होइनन् भनेर यकिन भएन भने गाउँ-गाउँमा सिहदरवार भनेर नारालगाउने सरकारले गाउँ-गाउँमा गएको सिहदरवारलाई र राष्टि̭य अनुसन्धान विभागका अनुसन्धान टोलिलाई परिचालन गरेर पनि त पत्तालगाउन सकिन्छ नि । यदि आवश्यक परेमा सवै जिल्लाको स्थानिय निकायको गाउँ-गाउँमा सरकारी सेवाबाट पेन्सिन खायर बसेका नेपालप्रहरी‚ सशस्त्रप्रहरी‚ निजामती सेवा र नेपाली सेनाका धेरैजना वरिष्ठ र कनिष्ठ अधिकृतहरुबाट पनि यसमा भरपर्दो र विस्वासिलो जानकारी सजिलै सित छिट्टै लिन सकिन्छ । यसका लागि आधुनिक विघ्युतिय प्रविधिहरु ईमेल ईन्टरनेट आदिको प्रयोगगरेर स्थानिय निकायका सरकारी कर्मचारीहरुलाई राज्यको नूनको सोझो गरेर कडाइका साथ कामगर्न लगायमा एक⁄दुई महिना भित्रमा सत्य तथ्य सवैकुरा सजिलै पत्ता लगाउन सकिन्छ र ३ ⁄ ४ महिना भित्रैमा भुकम्प पिडितहरुको सवै समस्या समाधान हुन सक्छ । यदि कुनै स्थानिय निकायका पदाधिकारी ले वास्तविक पिडितहरुलाई दुखदियर झुलाउने र समयमै गर्नुपर्ने काम सिफारिस-पत्र आदि नगरेर र पिडित नभएका ब्यक्तिहरुलाई पनि पिडित भनेर सिफारिस गरेर पठाएको पाइएमा तेस्ता पदाधिकारी र सरकारी कर्मचारीहरुलाई तुरुन्तै स्थान विशेषमा पक्राउ गरेर झेलमा हाल्ने काम गरेमा अन्य सरकारी कर्मचारीहरुलाई पनि राम्रो सन्देश जाने र सरकारी काम कारवाहीहरु चुस्त र दुरुस्त हुन सक्छ । दुई-तिहाइको पहलवान सरकार र राज्यले यतिकाम गर्न पनि किन नसकेको होला ? । भुकम्प पिडितको काममा भनेर राज्यको ढुकुटीबाट लाखौ खर्चगरेर देश-विदेशको भ्रमण र सयरगर्न फूसर्द हुने‚ सिलान्यास र उद्धघाटनमा माला लगाएर‚ फोटो खिचाएर पत्र-पत्रिका र फेसबुकमा फोटोहालेर देखाउन फूर्सद हुने‚ कार्यालयको समयमा मिटिगको नाममा अफिस-अफिसमा चिया र कफिको चुस्की लगायर फोश्रो गफछाटन फूसर्द हुने तर भुकम्पपिडित जनताहरुको पिडालाई कसरी सम्वोधन गर्ने भनेर सोचविचार गर्न‚ योजना बनाउन र ठोस निर्णय गरेर राहत दिनचाही फूर्सद नहुने ? यो कस्तो गणतन्त्रिय र लोकतन्त्रिय सासन पद्धति‚ विधि-विधान र नियम कानून हो ? राज्यले पिडित जनताहरुलाई यथासिघ्र यसको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीको भाषणमा कोइपनि नेपालिले खान नपायर र निजिआवास नपायर सडकको बास भएकाछन भने हामीलाई जानकारी दिनुभनेर भाषण मात्रै किन गर्नु हुन्छ ? ठोस काम गरेर राहत दिन किन सक्नु हुन ? । राज्यको उच्च पदमा बसेर आफुले गर्नुपने काम-कर्तब्य‚ निर्णय र जिम्मेवारि प्रधानमन्त्रीले सचिवलाई पन्छाउने‚ सचिवले शाखा अधिकृतलाई‚ शाखाअधिकृतले सुब्वालाई‚ सुव्वाले खरदारलाई र खरदारले मुखियालाई‚ अनि मुखियाले पनि जिम्मेवारी पन्छायर कुनै काम-कुरा कहिल्यै पुरा हुन्छ होला र ? यसरी आफनो पदिय जिम्मेवारी पुरा नगरी गैर जिम्मेवार भएर जिम्मेवारी पन्छाउने र अनि पदमा वसिरहने र राज्यबाट पाएसम्म र सकेसम्मको सम्पूर्ण सहुलियतहरु हसुरी रहने सरम लाग्नु पर्ने कुरा होइन र ? । जिम्मेवारिको पदमा वसेर यदि ठोस निर्णय र ठोसकाम गर्न सकिदैन भने बरु त्यै माथिबाट पन्छाउँदै आएको जिम्मेवारिको फाइलको भारिबोक्ने शाखाअधिकृत लाइनै प्रधानमन्त्रीको कुर्सिमा र पुनरनिर्माण प्राधिकरण प्रमुखको कुर्सिमाराखेर कार्यसम्पादन गरेमा पिडित जनताहरुले चाँडै न्याय पउँछन की ? । यसतर्फ वेलैमा राज्यले सोचोस र जसरि भएपनि भुकम्प पिडितहरुले समयमै राहत पावोस । हजारौ-हजार भुकम्पपिडित जनताहरु
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...