विराटनगर टाईटन्सको दोस्रो जित, पोखरा पल्टन फेरि पराजित
शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ४७
काठमाडौं । विराटनगर टाईटन्सले ‘वुमेन च्याम्पियन्स लिग ‘डब्लुसीएल’ टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाईटन्सले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा पल्टनले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगर टाईटन्सले १५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन जोडेका थिए । त्यस्तै, अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन जोडे ।
पोखरा पल्टनको भने यो लगातार दोस्रो हार हो ।
बुधबारबाट सुरु भएको प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले ७ लाख नगदसहित पुरस्कार पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र